दफा ११
कार्यकारी परिषद्को गठन
(१) प्रतिष्ठानको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद्रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ ः-
(क) उपकुलपति –अध्यक्ष
(ख) डीन –सदस्य
(ग) सभाका सदस्य रहेका शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट एकजना –सदस्य
(घ) शिक्षकहरूमध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य
(ङ) निर्देशक –सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्नेछ ।
(४) उपदफा (३) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।